Ad Image

फोहर व्यवस्थापनमा काठमाडौँ महानगरको नयाँ पहल, ल्याण्डफिल साइटकाे निगरानी काठमाडौं प्लाजाबाट

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1725506428.jpg

काठमाडौँ महानगरपालिकाले उपत्यकाको फोहर व्यवस्थापनको लागि स्यानिटरी ल्याण्डफिल साइटमा निगरानी प्रणाली सुरु गरेको छ। नुवाकोट र धादिङको सिमानामा अवस्थित बञ्चरेडाँडा ल्याण्डफिल साइटमा प्रमुख प्रशासकीय अधिकृतको निर्देशनमा सिसिटिभी क्यामरा जडान गरी निगरानी थालिएको हो।

 

साइटमा प्रवेश गर्ने सवारीसाधन र व्यक्तिहरूको गतिविधि अनुगमन गरी सम्भावित अनधिकृत क्रियाकलाप रोक्न अत्याधुनिक क्यामरा प्रणाली प्रयोग गरिएको छ। काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारका अनुसार, संस्थागत सुदृढीकरणको उद्देश्यले स्वचालित प्रणाली स्थापना गरिएको हो।

निगरानी काठमाडौँ प्लाजाबाट गरिँदैछ, जसको दृश्यहरू वातावरण व्यवस्थापन विभाग र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट हेर्न सकिने व्यवस्था गरिएको छ। वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले ९ वटा क्यामराका दृश्यहरूबाट साइटको सम्पूर्ण गतिविधि अनुगमन हुने बताईन ।


साइटमा जडान गरिएका क्यामराहरू अत्याधुनिक अटोमेटिक नम्बर प्लेट रिकोग्निजेसन (एएनपिआर) प्रविधिमा आधारित छन्, जसले नेपाली अक्षरसहितका नम्बर प्लेटहरू पनि पढ्न र रेकर्ड राख्न सक्छ। यस प्रणालीबाट भिडियो आवाज सुन्ने सुविधा समेत रहेको सूचना प्रविधि विभाग प्रमुख अनिरुद्र नेपालले जानकारी दिनुभयो।