Ad Image

मदाने गाउँपालिका–१ मा शैक्षिक सुधारका लागि प्रधानाध्यापकको घुम्ती बैठक सञ्चालन

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1725529134.jpg

मदाने गाउँपालिका–१, अग्लुङ्गका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार्न प्रधानाध्यापकको घुम्ती बैठक सञ्चालन गरिएको छ। वडा शिक्षा समितिको नेतृत्वमा अग्लुङ्ग क्षेत्रका विद्यालयहरूमा शिक्षाको गुणस्तर वृद्धि गर्न यो कार्यक्रम सुरु गरिएको हो।

 

यसै शैक्षिकसत्रदेखि प्रत्येक महिना वडाभित्रका सबै विद्यालयका प्रधानाध्यापकहरूलाई फरक-फरक विद्यालयमा बैठकमा सहभागी गराउने गरिएको छ। अग्लुङ्ग माध्यमिक विद्यालयका प्रधानाध्यापक भविलाल खत्रीका अनुसार अहिलेसम्म तीन वटा विद्यालयमा बैठक सम्पन्न भइसकेको छ।

 

यो बैठकको मुख्य उद्देश्य भनेको विद्यालयहरूबीच नयाँ अभ्यास तथा सिकाइ आदानप्रदान गराउँदै शैक्षिक सुधार ल्याउनु हो। वडाभरका विद्यालयहरूको मासिक परीक्षा वडास्तरीय बनाइएको छ र परीक्षा समितिसमेत गठन गरिएको छ। वडाध्यक्ष सुशील चन्दले घुम्ती बैठकले विद्यालयबीच प्रतिस्पर्धा बढाउनका साथै विद्यार्थी र अभिभावकका गुनासाहरूको समाधान गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे ।