Ad Image

घोडाघोडी नगर अस्पतालबाट स्वास्थ्य बिमा सेवा सुरु

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1725940791.jpg

घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी नगर अस्पतालबाट अब स्वास्थ्य बिमा सेवा सुरु हुने भएको छ। नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड, र घोडाघोडी नगर अस्पतालबीच स्वास्थ्य बिमा सेवा सञ्चालन गर्न सोमबार सेवा सम्झौता सम्पन्न भएको हो। 



सम्झौतामा स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावत, घोडाघोडी नगर अस्पतालका मेडिकल अधिकृत हेमनाथ आचार्य, र स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम प्रदेश संयोजक जनकबहादुर साउदले हस्ताक्षर गरेका छन । सम्झौतामा बिमा कार्यक्रम अन्तर्गत बहिरङ्ग, आकस्मिक, र अन्तरङ्ग सेवाको तोकिएको दरमा भुक्तानी गर्ने र औषधी वितरणको जिम्मेवारी अस्पतालले लिने व्यवस्था गरिएको छ। 



यो सेवा असोज १ गतेदेखि लागू हुनेछ, जसमा बीमितहरूले गुणस्तरीय सेवा पाउनेछन्। पाँचजना सदस्यको परिवारका लागि तीन हजार पाँच सय रुपियाँमा एक वर्षको बिमा हुने र थप सदस्य भएमा प्रति सदस्य सात सय थप गर्नुपर्ने व्यवस्था छ। बीमितहरूले एक वर्षमा एक लाख बराबरको उपचार सेवा पाउनेछन्। 



यसअघि बिमा सेवा पाउन अन्य स्थान जानुपर्ने बाध्यता रहेको भए पनि अब नगरमै सुविधा उपलब्ध हुने भएकोले स्थानीयहरू खुसी भएका छन्।