Ad Image

आठराई त्रिवेणी गाउँपालिकामा सेनिटरी प्याड व्यवस्थापनका लागि नयाँ उपकरण जडान

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1725954730.jpg

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा विद्यालयहरूको सेनिटरी प्याड सुरक्षित व्यवस्थापनका लागि नयाँ उपकरण जडान गरिएको छ। गाउँपालिकाले ‘सुरक्षित महिनावारी, हाम्रो जिम्मेवारी’ भन्ने नारालाई साकार बनाउन र किशोरीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै यो पहल गरेको हो।

 

गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमू (दीपेण) का अनुसार माध्यमिक तहका सात र आधारभूत तह (कक्षा १–८) का आठ गरी १५ विद्यालयमा सेनिटरी प्याड व्यवस्थापन गर्ने उपकरण जडान गरिएको छ। अध्यक्ष पोमूले बताए अनुसार, महिनावारी सुरु भएका छात्राहरूलाई मासिक स्रापको बेला प्रयोग भएका सेनिटरी प्याडलाई उचित रूपमा विसर्जन गर्न सहयोग गर्ने उद्देश्यले यो पहल गरिएको हो।

 

समान्यतया, सेनिटरी प्याडको प्रयोग र त्यसको सुरक्षित व्यवस्थापन अनिवार्य मानिने भएकाले गाउँपालिकाले सम्बन्धित विद्यालय प्रशासनलाई उपकरणको सही व्यवस्थापन र संरक्षणमा ध्यान दिन अनुरोध गरेको छ।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराईले सेनिटरी प्याडको प्रयोगपछि यसको सुरक्षित व्यवस्थापनका लागि यो उपकरण जडान गरिएको जानकारी दिएका छन्।