काठमाडौं महानगरले गत आर्थिक वर्षमा ५१ प्रतिशत बजेट खर्च


काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष ०८०/८१ मा ५१ प्रतिशत बजेट खर्च गरेको जनाएको छ।
महानगरले २४ अर्ब रुपैयाँको बजेट विनियोजन गरेकोमा १२ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको हो।महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले सामाजिक विकासका क्षेत्रमा ६०.२२ प्रतिशत खर्च भएको जानकारी दिँदै, महानगरले सही गन्तव्यमा काम गरिरहेको बताए।

समीक्षा कार्यक्रममा विभागीय एकाइहरूले नीति, योजना तथा कार्यक्रमको कार्यान्वयनबारे प्रस्तुति दिएका थिए।