Ad Image

१०० स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत नियुक्त

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1726197268.jpeg

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १०० वटा स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको छ। यससँगै हालसम्म १२३ गाउँपालिकाहरु निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा सञ्चालन भइरहेकामा अब २३ वटा गाउँपालिकामा मात्र पदपूर्ति हुन बाँकी छ।

 

पदस्थापन भएका सबै अधिकृतहरु लोकसेवा आयोगबाट शाखा अधिकृतको परीक्षा उत्तीर्ण गरी हालै प्रशासनिक प्रशिक्षण पूरा गरेका हुन्।

 

भदौ १३ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ललितपुरमा १०६ जना शाखा अधिकृतहरुले दीक्षान्त प्राप्त गरेका थिए। तीमध्ये ३ जनाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन भएको छ भने ३ जना महिला कर्मचारीको स्वास्थ्य समस्याका कारण पदस्थापन हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ।

 

नवनियुक्त प्रमुख प्रशासकीय अधिकृतहरुलाई रिक्त रहेका गाउँपालिकामध्ये आफूलाई पायक पर्ने र इच्छा भएको स्थान छनोट गर्न दिइएको थियो। सोही आधारमा सरुवाको निर्णय गरिएको मन्त्रालयले जानकारी दिएको छ।

 

नयाँ नियुक्त अधिकृतहरुले छिट्टै सम्बन्धित स्थानीय तहमा पदभार सम्हाल्ने छन्।

 

यी हुन् नयाँ प्रमुख प्रशासकीय अधिकृत