Ad Image

४० जना सहसचिवको एकसाथ सरुवाः काठमाडौं, पोखरा महानगर र जितपुरसिमराका प्रमुख प्रशासकीय अधिकृत परिवर्तन, यस्तो छ सूची

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1726411762.jpg

सरकारले एकैपटक ४० जना सहसचिवहरूको सरुवा गरेको छ।


गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासनसहित विभिन्न सेवाका प्राविधिक सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो। यस क्रममा काठमाडौं महानगर, पोखरा महानगर, र जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू परिवर्तन भएका छन्।


काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएको छ। परियार गत माघमा काठमाडौं महानगरपालिकामा आएका थिए, तर एक वर्ष पनि पूरा नगरी उनको सरुवा गरिएको हो। परियारको स्थानमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सरोजप्रसाद गुरागाईं काठमाडौं महानगरपालिकामा सरुवा भएका छन्।


पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको गृह मन्त्रालयमा सरुवा भएको छ भने राष्ट्रिय दलित आयोगमा कार्यरत शिवराज चौलागाईंलाई पोखराको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।


यसैगरी, सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका वीरेन्द्रदेव भारतीलाई जीतपुर सिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ।

यस्तो छ संघ र प्रदेश सरकारमा सरुवा भएका सहसचिवहरूको विस्तृत सूची