शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तन, लुम्बिनी प्रदेश योजना आयोगमा नयाँ नियुक्ति
No Author Assigned | ९ महिना अगाडि
लुम्बिनी प्रदेश सरकारले दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र चिराघाटबाट वडा नं. ४ स्थित जुम्लेकुलामा सार्ने सिफारिस गरेको छ।
गाउँपालिकाको १५ औं गाउँसभाले दुई तिहाई बहुमतका साथ केन्द्र परिवर्तनको निर्णय गरेपछि प्रदेश सरकारले उक्त सिफारिस गरेको हो। त्यसैगरी, लुम्बिनी प्रदेश योजना आयोगमा डा। डिल्लीराज अर्याललाई उपाध्यक्षमा नियुक्त गरिएको छ। अर्यालसहित रोल्पाको परिवर्तन गाउँपालिकाका डा. सुदनकुमार वली, दाङको घोराहीका भुवन चौधरी, र रुपन्देहीकी शान्तादेवी ढकाललाई सदस्यका रूपमा नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ।
गुल्मीको मुसिकोट नगरपालिकाले जापानको ओइता प्रिफेक्चरको बुङ्गोओनो शहरसँग भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय समेत बैठकमा गरिएको छ।