Ad Image

प्रबुद्ध माविका प्रधानाध्यापक मधुप्रसाद खतिवडा सम्पर्कविहीन

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1726556185.jpg

ओखलढुङ्गा । सुनकोशी गाउँपालिका–७ स्थित प्रबुद्ध माध्यमिक विद्यालय च्यानमका प्रधानाध्यापक मधुप्रसाद खतिवडा १० दिनदेखि सम्पर्कविहीन भएका छन्। विद्यालयको कामका सिलसिलामा राष्ट्रिय परीक्षा बोर्डको कार्यालय लाहान, सिराहामा गएका खतिवडा भदौ २१ गते काठमाडौँबाट फर्किने क्रममा हराएका हुन्।

 

विद्यालयले सोमबार सूचना जारी गर्दै प्रधानाध्यापक खतिवडालाई यथासिघ्र विद्यालयमा हाजिर हुन आग्रह गरेको छ। विद्यालयका निमित्त प्रधानाध्यापक सन्तोष बस्नेतका अनुसार, लाहानबाट काम सकेर काठमाडौँ पुगेका खतिवडा परिवारसँग भेटेर जिल्ला फर्किने क्रममा बेपत्ता भएका हुन्।

 

खतिवडाको खोजीका लागि परिवारले काठमाडौँको टेकुमा निवेदन दिएको छ भने प्रहरीले पनि खोजीकार्य अघि बढाएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष रुद्रप्रसाद अधिकारीले जानकारी दिए। मोबाइल लोकेशन अनुसार उनी अन्तिम पटक चावहिलसम्म पुगेको देखिएको छ।

 

विद्यालयले कुनै पनि जानकारी भएमा प्रहरी, जनप्रतिनिधि वा विद्यालयमा खबर गर्न आग्रह गरेको छ।