इटहरी उपमहानगरपालिकाले असोज २ देखि नगर बस सञ्चालन गर्ने, मेयरमाथि अनियमितताको आरोप


सुनसरी । इटहरी उपमहानगरपालिकाले ग्रामीण क्षेत्रलाई सहरसँग जोड्ने उद्देश्यले असोज २ गतेदेखि ४ वटा विद्युतीय बस सञ्चालन गर्न लागेको छ। तर, बस खरिद प्रक्रियामा भ्रष्टाचार भएको आरोपले मेयर हेमकर्ण पौडेल आलोचित बनेका छन्।
कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठले प्रदेश सभामा र प्रतिनिधि सभा सदस्य अशोक चौधरीले प्रतिनिधि सभामा बस खरिदमा अनियमितता भएको भन्दै छानबिनको माग गरेका छन्। इटहरीले सन् २०८० भदौमा भ्याटसहित ६ करोड ८८ लाख रुपैयाँको टेन्डर खोलेको थियो। तीन वटा कम्पनीले प्रस्ताव पेस गरेका थिए, जसमा नेश्नल फायर सेफ कम्पनीले सबैभन्दा कम मूल्यमा ९६ करोड ३६ लाख ८६ हजार ८ सय रुपैयाँ० प्रस्ताव पेस गरेपछि बस खरिद गरिएको हो।
हाल इटहरी उपमहानगरको आन्तरिक आयमा भार परेको कारण नगरका अन्य योजनाहरूमा भुक्तानी नपाउँदा उपभोक्ता समितिहरूले आन्दोलन गरिरहेका छन्। नगर बस खरिदका लागि आवश्यक बजेट आन्तरिक आयबाट जुटाइएकाले भुक्तानीको समस्या उत्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले बताएका छन्।
मेयर पौडेलले भने नगरको विकासका लागि ५० करोड रुपैयाँको दायित्व बोक्नसमेत तयार रहेको बताएका छन्।