Ad Image

मार्तडी–कोल्टी सडक अझै अवरुद्ध, दसैँमा पालिकाका स्थानीयलाई समस्याको चिन्ता

No Author Assigned | ९ महिना अगाडि
Image of storage/news/1726650995.jpg

बाजुरा ।  गत असारको पहिलो सातादेखि अवरुद्ध रहेको बाजुराको मार्तडी–कोल्टी सडक अझै सञ्चालनमा आउन सकेको छैन। सडक बन्द हुँदा हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा नगरपालिकाका स्थानीयलाई यसपालिको दसैँ खल्लो हुने चिन्ता छ।

 

बुढीनन्दा नगरपालिका–९ का रामबहादुर रोकायले स्याउ पाकिसक्दा पनि सडक नखुलेको गुनासो गरे। उनले हिउँदमा केही समय मात्र बाटो खुल्ने र वर्षायाममा पुनः बन्द हुने समस्या रहेको बताए। 

 

सडक अवरुद्ध हुँदा  हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा लगायतका स्थानीयले दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भोग्नुपरेको छ। साथै, बडिमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदहका अधिकांश ग्रामीण सडक पनि अवरुद्ध छन्।

 

२०७६ सालमा ठेक्का सम्झौता भएपनि, अहिलेसम्म चुथी–कोल्टी सडक निर्माण सम्पन्न हुन नसकेको हो। निर्माणको जिम्मा पाएको नाती कन्ट्रसन प्रालि र बानियाँ निर्माण सेवा प्रालिले काममा ढिलाइ गरिरहेका छन्।

 

अहिले सडकमा पहिरोका कारण यातायात ठप्प छ, स्थानीय प्रशासनले अस्थायी मर्मतको काम अघि बढाउन सहमति जुटाएको र दशैँअघि सडक सञ्चालन गर्न पहल भइरहेको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी रुपकमण्डलले बताए।