Ad Image

कावासोती नगरपालिका-२ मा संविधानको विरोध गर्ने व्यक्ति पक्राउ

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1726739638.jpg

नवलपुर ।  नवलपुरको कावासोती नगरपालिका-२ निवासी इन्द्र सिग्देलले  कालोपट्टी बाँधेर संविधानको विरोध गरिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको छ। 

 

राजावादी पक्षधरहरुले कावासोतीको फलफूल चोकमा संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने तयारी गरिरहेको समयमा कावासोती नगरपालिका-२ निवासी इन्द्र सिग्देल पक्राउ परेका हुन्। 

 

सिग्देल निधारमा कालोपट्टी बाँधेर कार्यक्रम सुरु हुनुपूर्व नै बसेका थिए। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीले सिग्देललाई साँझतिर छोडिने जानकारी दिए।