Ad Image

काठमाडौँ महानगरले ३ ठाउँमा नेपाल र बंगलादेशबीचको फाइनल खेल लाइभ गर्ने

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1730290273.jpeg

काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिप २०२४ को उपाधीका लागि आज हुने नेपाल र बंगलादेशबीचको खेल काठमाडौं महानगरपालिकाले तीन ठाउँमा प्रत्यक्ष प्रसारण गर्ने भएकाे छ । 

खेल हेर्न धेरै दर्शकहरुलाई चाहना भए पनि खेलमैदानमै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन हुने भन्दै महानगरले लागि टुँडिखेल, चावहिलको फुटबल ग्राउण्ड र सानो गौचरन, हाँडीगाउँमा एलइडी स्क्रिनबाट देखाउने जनाएको हो । 

खेलको प्रवर्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनका प्रदर्शन हुने प्रत्यक्ष प्रसारण खेल अवलोकनका लागि आफूलाई पायक पर्ने स्थानमा जान महानगरले फुटबल खेलप्रेमी दर्शकहरुलाई अनुरोध गरेको छ ।