Ad Image

बर्दिवासले जित्यो वनदेवी माई गोल्डकपको उपाधि

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1731376074.jpg

काठमाडौँ 
कार्तिक २७ गते,
धनुषाको बटेश्वर गाउँपालिका २ सितापुरमा सम्पन्न १२ औं वनदेवी माई अध्यक्ष गोल्डकपको उपाधि जनसेवी बर्दिवास टिमले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा आयोगक वनदेवी युवा क्लवलाई दुई गोलले पराजित गर्दै जनसेवी बर्दिवास टिमले गोल्डकपको उपाधि हात पारेको हो ।
 

उक्त टिमले गोल्डकपको प्रथम उपाधि १ लाख ५१ हजार नगदसहित सिल्ड जित्न सफल भएको हो । खेलको निर्धारित समयमै जनसेवी बर्दिबास टिमले २ गोल गर्न सफल भयो भने आयोजक टिमले एक गोलसमेत गर्न सकेन । फाइनलसम्म खेल्न सफल आयोजक टिम वनदेवी युवा क्लबले गोल्डकपको दोस्रो उपाधि नगद ५५ हजारसहित सिल्ड जितेको छ ।
 

विजेता टिमलाई गोल्डकपका उपाधि समापन खेल समारोहका प्रमुख अतिथि बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतो र विशिष्ट अतिथ पालिका उपाध्यक्ष फूलकुमारी सिंह, वडा नम्बर २ का अध्यक्ष विजयकुमार महतोले प्रदान गरेका थिए ।
 

आयोजक वनदेवी माई युवा क्लवका अध्यक्ष नागेन्द्र सिंहको अध्यक्षतामा भएको समापन खेलमा कपका संयोजक गंगाराम कुमरलगायतको उपस्थिति थियो । तिहारको अवसरमा स्थानीय वनदेवीमाई खेल मैदानमा कार्तिक १४ गतेदेखि आयोजन भएको गोल्डकपमा ८ वटा टिमले भाग लिएका थिए ।