Ad Image

सामुदायिक विद्यालयलाई १२ लाखको शैक्षिक सामग्री

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1731376492.jpg

काठमाडौँ 
कार्तिक २७ गते,
स्याङ्जाका विभिन्न सामुदायिक विद्यालयका छात्रछात्राहरूलाई १२ लाख बराबरको शैक्षिक सामग्री वितरण गरिने भएको छ ।

 

गण्डकी प्रदेशका पुर्वशिक्षा मन्त्री मेखलाल श्रेष्ठले स्याङ्जा क्षेत्र नं. १ (क) २९ वडाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्टेसनरी लगायतका सामग्रीहरूको वितरण सुरु गर्नु भएको हो । यो अभियानबाट झन्डै ३ हजार बालबालिका लाभान्वित हुने उहाँको भनाइ छ । 
 

सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्नका लागि आफूले अभियान सुरु गरेको पूर्वमन्त्री श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,“म शिक्षा मन्त्री हुँदा गाँउगाँउ पुगेर सर्वसाधारण विद्यार्थीको अवस्था अध्ययन गरेको थिए त्यही आधारमा अभियान सुरु गरेको छु ।” उहाँले आफ्नो व्यक्तिगत खर्चबाट शैक्षिक सामग्री प्रदान गर्न सुरु गर्नु भएको हो। 
 

पुतलीबजार नगरपालिका–१२ पेल्काचौरस्थित मनकामना माविबाट अभियान सुरु गर्दै श्रेष्ठले दोस्रो चरणमा महिला,दलित,बालबालिका र पिछडिएको समुदायका नागरिकको जीवनस्तरलाई माथि उठाउन अभियान चलाउने बताउनुभयो । 
 

कार्यक्रममा पत्रकार महासङ्घ स्याङ्जाका पूर्व अध्यक्ष ओमप्रकाश शर्माले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सबै लाग्नु पर्नेमा जोड दिनुभयो । पठनपाठन गरिने सुधारले सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्ने उहाँको भनाइ छ ।