Ad Image

काठमाडौँकाे उपनिर्वाचनमा माओवादी र नेकपा एस मिलेर जाने

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1731823071.jpg

काठमाडाैं, मंसिर २: काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर र काठमाडौं महानगरपालिका वडा नं १६ को अध्यक्षमा 
माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेल गर्ने सहमति गरेका छन् ।

 

कीर्तिपुरको मेयरमा माओवादी केन्द्रका उम्मेदवार प्रा. डा. शिवशरण महर्जनलाई नेकपा एकीकृत समाजवादीले सघाउने सहमति भएकाे छ भने काठमाडौं महानगरको १६ नम्बर वडाध्यक्षमा नेकपा एसका मीनबहादुर मानन्धरलाई माओवादीले सघाउने भएकाे छ ।

 

कीर्तिपुरमा मेयरसँगै वडा नं १ र ४ को अध्यक्षको पनि उपनिर्वाचन हुँदैछ । जसमा माओवादीले दुईवटै वडामा उम्मेदवारी घोषणा गरिसकेको छ भने एकीकृत समाजवादीले वडा नम्बर ४ मा मात्रै उम्मेदवारी टुंग्याएको छ ।

 

माओवादीले वडा नम्बर १ अध्यक्षमा अष्टमान महर्जन र वडा नम्बर ४ काे अध्यक्षमा इन्जिनियर नारायण विष्टलाई उम्मेदवार बनाएको छ भने एकीकृत समाजवादीले वडा नम्बर ४ मा रीता खड्कालाई उम्मेदवार घोषणा गरेको छ ।

 

उनीहरुले आज मनोनयन गर्ने र तालमेल भएका स्थानमा दुबै पाटृिका नेताहरु प्रस्तावक र समर्थक बस्ने सहमति गरेका छन् ।