Ad Image

डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने एकजना पक्राउ

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739325497.jpg

धनगढी । धनगढीमा डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१४ बस्ने ३६ वर्षीय टेकबहादुर टमटा रहेका छन् ।

मंगलबार राति करिब सवा ८ बजेतिर ट्राफिक चौराहमा  ‘हरहर महादेव’ भन्दै हातमा चक्कु लिएर सडकमा हिंडिरहेको टमटालाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै आक्रमणको प्रयास भएको हो ।  

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा प्रहरीले नियन्त्रणमा लिन खोज्दा टमटाले प्रहरीमाथि चक्कु प्रहारको प्रयास गरेको देखिन्छ । प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने उनलाई मंगलबार राति नै पक्राउ गरिएको हो ।  उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको स्रोतले जनाएको छ ।