Ad Image

सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739463102.jpg

खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सशस्त्र सङ्घर्षकै जगमा समानताको मुद्दा स्थापित भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङ र दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारका पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पुनले २०५२ साल फागुन १ मा माओवादीले सुरु गरेको सशस्त्र सङ्घर्षलाई इतिहासले स्वीकार गरिसकेको बताए ।

 

उनले भने, “सशस्त्र सङ्घर्षकै जगमा भएको जनआन्दोलनपछि संविधानसभाबाट संविधान जारी भएको छ । समानताको मुद्दा संविधानमा लिपिबद्ध भएको छ ।”  नेता पुनले विचार तथा सिद्धान्त मिल्ने वामपन्थी शक्तिबीच चाँडै एकता हुनेसमेत बताए । उनले आगामी २०८४ सालको निर्वाचनमा माओवादी केन्द्र एक्लै चुनाव लड्नेगरी तयारीमा जुटेको जानकारी दिए ।