Ad Image

‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739805815.jpg

काठमाडौं । ‘नेपाल प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतीले स्वीकृत भएको छ । विधेयक सर्वसम्मतीले स्वीकृत भएको घोषणा गर्दै सभामुख देवराज घिमिरेले विधेयकमाथि प्रतिनिधिसभा नियमावली २०७९ को नियम ११२ बमोजिम संशोधन पेस गर्न चाहने सांसदलाई सङ्घीय संसद् सचिवालय सिंहदरबारमा पेस गर्नसक्ने जानकारी दिए । 

 

सो विधेयकमाथिको सामान्य छलफलका क्रममा आज ६७ जना सांसदले आ–आफ्नो धारणा राखेका थिए । गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक, २०८१  माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभासमक्ष पेस गरेका थिए । मन्त्री लेखकले विधेयकमाथि उठेका प्रश्नको जवाफ दिएका थिए ।