Ad Image

बन्दीपुर गाउँपालिका–६ का वडासचिव कुट्ने अध्यक्ष पक्राउ

User Image मेयरसाप डेस्क | ४ महिना अगाडि
Image of storage/news/1739811119.jpg

पोखरा । तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडा सचिवमाथि कुटपिट गर्ने सोही वडाका वडाध्यक्ष पक्राउ परेका छन् । गाउँपालिकाको पत्रअनुसार वडा सचिव नवीन भुसाललाई कुटपिट गर्ने वडाध्यक्ष बलबहादुर गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  

वडाध्यक्षको कुटपिटबाट वडासचिव गम्भीर घाइते भएका छन्। भुक्तानी विवादका क्रममा वडाध्यक्ष गुरुङले वडासचिव भुसाललाई कार्यालयमै कुटपिट गरेका हुन्। कुटपिटबाट गम्भीर घाइते सचिव भुसाललाई प्रारम्भिक उपचारपछि भरतपुर रिफर गरिएको छ। उनको गाला र घाँटीमा चोट लागेको छ। वडाध्यक्ष गुरुङ नेकपा एमालेबाट निर्वाचित प्रतिनिधि हुन्।