Ad Image

अमेरिकाले भुक्तानी रोकेपछि एमसीसी परियोजना स्थगित

User Image मेयरसाप डेस्क | ४ महिना अगाडि
Image of storage/news/1739887792.jpg

काठमाडौं ।  नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना स्थगित भएका छन् । ​​​​​​​एमसीसी ले गत २०८१ फागुन २ गतेको इ–मेल पत्रमार्फत् अर्को निर्णय नहुन्जेल ९० दिनसम्मको भुक्तानी रोकिएको जानकारी अर्थ मन्त्रालयलाई दिएको छ ।

‘नेपाल सरकार र उक्त निकायबीच संवत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यान्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फन्डबाट भुक्तानी हुने कृयाकलापहरू अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालाहरुलाई जानकारी गराइन्छ’ अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।