Ad Image

ट्रम्पलाई सम्बोधन गर्दै बालेनले लेखे– अमेरिकीहरु अल्छी छन्, आफ्नो देश आफैँ बनाउन सक्दैनन्

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1740103995.jpg

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेपाललाई अमेरिका भन्दा राम्रो छ भनेर महसुस गराएकोमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन्। 

 

सामाजिक सञ्जाल फेसबुकमा ट्रम्पलाई सम्बोधन गर्दै मेयर साहले अमेरिका बाहिरी श्रमिकहरूमा निर्भर र अल्छी रहेको आरोप लगाएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो भएको आभास गराइदिनु भएकोमा धन्यवाद।

 

उनले आफ्नो जनशक्ति विदेश पलायन हुनुका कारण नेपाल गरिब भएको बताएका छन् ।  उनले अमेरिकाका नागरिकहरूलाई ‘अल्छी’ भन्दै, उनीहरू आफैंले आफ्नो देश बनाउन नसक्ने टिप्पणी गरेका छन् ।

 

साथै, उनले डीभी लट्रीलाई ‘लालचपूर्ण दासत्व’ को संज्ञा दिँदै नेपालका रत्न फिर्ता गरिनुपर्ने माग समेत गरेका छन् । उनले अमेरिका लगायतका विकसित मुलुकहरूले विश्वलाई स्वतन्त्र रूपमा अगाडि बढ्न दिन सुझाव दिएका छन् ।