Ad Image

तोलाको एक लाख ७० हजार पुग्यो सुनको मूल्य

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1740115539.jpg

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलाको रु. एक लाख ७० हजार कायम भएको छ ।


बिहीबार प्रतितोला रु एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज रु एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


त्यसैगरी, चाँदीको मूल्य रू. पाँचले घटेको छ । आज चाँदी प्रतितोला रू. एक हजार नौ सय ९० मा किनबेच हुनेछ ।


आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔंस सुन दुई हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।