Ad Image

जलहरी प्रकरणमा ३ जनालाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा अख्तियारको पुनरावेदन

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1740156191.png

काठमाडौं । पशुपतिको जलहरी प्रकरणमा भ्रष्टाचारका आरोपितहरुलाई विशेष अदालतले त्रुटीपूर्ण रुपमा सफाइ दिएको दावी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।

तत्कालीन सदस्य सचिव प्रदीप ढकाल, तत्कालीन कोषाध्यक्ष तथा हालका सदस्य सचिव मिलनकुमार थापा र अरुणकुमार श्रेष्ठलाई सफाइ दिने विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको जिकिरसहित अख्तियार पुनरावेदनमा गएको हो । गत वैशाख १८ गते विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले उनीहरूलाई सफाइ दिएको थियो ।