ताप्लेजुङको फुङलिङ बजारमा आन्दोलनकारी र प्रहरीबीच झडप


काठमाडौं । ताप्लेजुङको फुङलिङ बजारमा ‘नो केबुलकार’ समूह र प्रहरीबीच झडप भएको छ । नो केबलकार समूह मसालसहित फुङलिङ बजार प्रवेश गरेपछि वीरेन्द्र चोकमा प्रहरीसँग झडप भएको हो । झडपले फुङलिङ बजारमा तनाव बनेको छ ।
झडपका क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् । काफ्लेपाटीबाट फर्किएको समूहले फुङलिङमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका थिए । प्रदर्शनमा राजेन्द्र महतोको नेतृत्वमा मधेश प्रदेशबाट आएकोसमेत भएको बुझिएको छ ।