Ad Image

ताप्लेजुङमा अनिश्चिकालीन निषेधाज्ञा जारी, जुलुस र प्रदर्शन गर्न नपाउने

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740274619.jpg

काठमाडौं । ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ। शनिबार साँझ केबलकार पक्ष र विपक्षको झडपमा दर्जनौ स्थानीय घाइते भएपछि परिस्थिति प्रतिकूल बनेको भन्दै निषेधाज्ञा जारी गरेको हो । 

 

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिबार मध्यरातमा सूचना सार्वजनिक गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजार क्षेत्र र पाथीभराको काफ्लेपाटी, बलुडाँडा क्षेत्रमा निषेधाज्ञा लागु हुने जानकारी गराएका छन् । 

 

अर्को सूचना नभएसम्मका लागि आइतबार बिहान ५ बजेदेखि निषेधाज्ञा कार्यान्वयन भएको छ। प्रतिकूल परिस्थिति बनेका कारण स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) (क) बमोजिम निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ।

 

उक्त क्षेत्रमा पाँच जना भन्दा बढी मानिस भेला हुन नपाउने, सभा, जुलुस, प्रदर्शन र घेराउजस्ता गतिविधि गर्न नपाउने सूचनामा भनिएको छ। उल्लंघन भएमा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ।