Ad Image

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र म्यानमार खेल्दै

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740275851.jpg

काठमाडौं ।  नेपालले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत आज म्यानमारको सामना गर्दै छ । यो खेल दशरथ रंगशालामा साँझ ६ बजेदेखि शुरु हुने छ । प्रतियोगितामा नेपाल र म्यानमार फाइनलमा पुगिसकेका छन् । नेपाल र म्यानमारले यस अघिका आफ्ना दुवै खेलमा जित हासिल गरेर फाइनलमा आ–आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

नेपाल र म्यानमार दुवैले लेबनान र कीर्गिस्तानलाई पराजित गरेका हुन् । गोल अन्तरका आधारमा म्यानमार अगाडि छ भने नेपाल दोस्रो स्थानमा छ । नेपालले लेबनान र कीर्गिस्तान दुवैलाई १–० गोल अन्तरले पराजित गरेको थियो भने म्यानमारले कीर्गिस्तानलाई ५–० र लेबनानलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै आज यो खेलअघि लेबनान र कीर्गिस्तान अपरान्ह १ बजेदेखि खेल्दै छन् । फाइनलबाट बाहिरिए पनि दुवै सान्त्वना जितको खोजीमा रहनेछ । प्रतियोगिताको फाइनल खेल बुधबार नेपाल र म्यानमारबीच हुनेछ ।