Ad Image

सिभिल होम्सको आगलागी नियन्त्रणमा, क्षतिबारे पूर्ण विवरण आउन बाँकी

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740296666.jpg

काठमाडौं । ललितपुर महानगरपालिका–२७ सुनाकोठीस्थित सिभिल होम्स कोलोनीमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।


उक्त कोलोनीमा रहेको सुमन ध्वज जोशीको साढे २ तलाको घरमा आगलागी भएको थियो । प्रहरीका अनुसार उक्त घरको माथिल्लो तलाको पूजाकोठामा बलिरहेको अगरबत्तीबाट आगो सल्किएको थियो ।


बिहान साढे ८ बजे लागेको आगो प्रहरी र दमकलसहितको टोलीले लगभग साढे ९ बजेको समयमा नियन्त्रणमा लिएको हो ।


ललितपुर महानगरपालिकाको दमकल र नगर प्रहरी, प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लसहितको कमाण्डमा २४ जनाको टोली खटिएको थियो ।


अहिले आगो सम्पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ । क्षतिबारे पूर्ण विवरण आउन बाँकी छ ।