Ad Image

प्रधानमन्त्रीले बालेनलाई असफल बनाउन खोजे, अनावश्यक प्रतिशोध लिएः ज्ञानेन्द्र शाही

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740323214.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई असफल बनाउन खोजेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै सांसद शाहीले एउटा जोस र उमंगका साथ आएको मेयरलाई  प्रधानमन्त्री ओलीले अनावश्यक प्रतिशोध लिएको बताए ।

प्रधानमन्त्री ओलीले बालेनसँग अनावश्यक रूपमा द्वन्द्व सिर्जना गरिरहेको भन्दै उनले अगाडि भने, “प्रधानमन्त्रीज्यू, एउटा जनप्रतिनिधिसँग सिङ जुधाउनु पर्ने कारण के हो ?, प्रधानमन्त्रीले महानगरलाई असहयोग गर्नु भनेको नगरबासीलाई धोका दिनु हो । एउटा जोस र उमंगका साथ आएको मेयरलाई असफल बनाउन खोज्ने, आफैं लुटिरहने प्रवृत्तिको हामी घोर भर्त्सना गर्छौं।”

काठमाडौं महानगरमा डेढ महिनादेखि प्रशासकीय अधिकृत नहुँदा कर्मचारीले चार महिनादेखि तलब पाउन नसकेको बताए । उनले भने, “महानगरको बजेट खर्च गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतसँग हुन्छ। तर, डेढ महिनादेखि महानगरमा प्रशासकीय अधिकृत नै छैनन्। त्यसको असर १,८०० शिक्षक र २,००० भन्दा बढी वडाका कर्मचारीले चार महिनादेखि तलब नपाउने स्थितिमा परेको छ। उनीहरू घर खर्च चलाउनसमेत सकिरहेका छैनन्।”