डिआइजी भट्टराई एआइजीमा बढुवाका लागि सिफारिस


काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) जनक भट्टराईलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समितिको सचिवालयको आज बसेको बैठकले नेपाल प्रहरीमा जनपद समूहतर्फका डिआइजी भट्टराईलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत भट्टराईलाई प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार सिफारिस गरिएको बढुवा समितिका सदस्यसचिव एवं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।