Ad Image

प्रतिनिधिसभा बैठक बस्दै, सशस्त्र प्रहरी विधेयक छलफलका लागि प्रस्तुत गरिने

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740359734.jpg

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।  त्यस्तै आज सांसद शेरबहादुर कुँवरले ध्यानाकर्षण प्रस्ताव र सांसद राजेन्द्र बजगाईंले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।