Ad Image

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740452442.jpg

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय सभामा उत्पति भएको आमसञ्चार परिषद विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने  सम्भावित कार्यसूची छ ।