Ad Image

भोजपुर हतुवागढी गाउँपालिकाको ‘लुङ्थुङ’मा स्वास्थ्य एकाइ स्थापना

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740461207.jpg

भोजपुर । भौगोलिक रुपमा विकट रहेको भोजपुरको हतुवागढी–४ लुङ्थुङमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ ।


नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको हो । स्वास्थ्य एकाइ स्थापनाले यहाँका करिव तीन सय घरपरिवार लाभान्वित बनेका छन् ।


लुङ्थुङका नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सेवा प्रवाह थालिएको हतुवगढी– ४ खैराङका अध्यक्ष चन्द्रबहादुर विष्टले जानकारी दिए ।


स्थानीयबासीलाई समान्य स्वास्थ्य सेवा लिनसमेत समस्या भएपछि वडाको पहलमा स्वास्थ्य एकाइ स्थापना गरिएको वडाध्यक्ष विष्टले बताए ।


गाउँ नै स्वास्थ्य एकाइ स्थापना भएपछि स्थानीय खुसी भएका छन् । सामान्य प्राथमिक स्वास्थ्य उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु पर्ने अवस्था रहेकोमा स्वास्थ्य एकाइ स्थापनाले सहजता भएको स्थानीयबासी तिर्थाकुमारी राईले बताइन् ।


स्वास्थ्य एकाइ स्थापनाले बिरामी हुँदा सिटामोल तथा जीवनजल लिनको लागि घण्टौँ धाउनु पर्ने अवस्थाको अन्त्य भएको स्थानीयबासी मानबहादुर राईले बताए । स्वास्थ्य एकाइ स्थापनाले वर्षौँदेखी स्थानीयले भोग्दै आएको समस्याको अन्त्य भएको उनको भनाइ छ ।


नागरिकलाई सहज र सरल रुपमा सेवा प्रवाह गर्न योजनाबद्ध रुपमा काम भइरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । भौगोलिक विकटताका कारण सेवा प्रवाहमा समस्या देखिएपछि सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा ल्याएर नागरिकलाई सेवा प्रवाह थालिएको अध्यक्ष राईको भनाइ छ ।


खैराङका साविकका वडाहरू २, ३, ४, ५ र ६ का स्थानीयलाई लक्षित गरेर लुङ्थुङमा सामुदायिक स्वास्थ्य इकाईमार्फत सेवा प्रवाह थालिएको अध्यक्ष राईले बताए ।


गाउँपािलकाले स्वास्थ्य, शिक्षासँगै यहाँको सडक, विद्युत्, पूर्वाधारलगायतको विकासमा योजनाबद्ध रुपमा काम गरिरहेको उनको भनाइ छ । निर्वाचनमा गरेको प्रतिवद्धता अनुसार यहाँ स्वास्थ्य इकाई स्थापना गरेर सञ्चालन ल्याइएको अध्यक्ष राईले बताए ।


हतुवागढी गाउँपालिकामा एक प्राथमिक स्वास्थ्य केन्द्र, पाँच वटा स्वास्थ्य चौकी, तीन वटा आधारभूत स्वास्थ्य केन्द्र र दुई सामुदायिक स्वास्थ्य इकाईमार्फत सेवा प्रवाह भइरहेको अध्यक्ष राईले जानकारी दिए ।