Ad Image

स्वास्थ्य सचिवका लागि ३ जनाको नाम सिफारिस

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740491531.jpg

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्राविधिक सचिवका लागि ३ जनाको नाम सिफारिस भएको छ । स्वास्थ्य सचिवका लागि डा. संगीता कौशल मिश्र, डा. टंक बाराकोटी र डा. विकास देवकोटाको नाम सिफारिस भएको हो । सोमबार बसेको बढुवा समितिको बैठकले स्वास्थ्य सचिवमा ३ जनाको नाम सिफारिस गरेको हो ।

नेपाल स्वास्थ्य सेवा ऐनमा स्वास्थ्य सेवाको १२ औं तहमा कार्यरत र ११ औं तहमा कम्तीमा पाँच वर्ष काम गरेको कर्मचारी ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा नियुक्त हुन सक्ने’ उल्लेख छ । अब सिफारिस भएका तीन जना मध्ये एक जनालाई मन्त्रिपरिषद्ले स्वास्थ्य सचिवमा बढुवा गर्नेछ ।