Ad Image

पाथीभरा केबलकारको विपक्षमा उभियो कांग्रेस

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740750550.jpg

काठमाडौं । नेपाली कांग्रेसले ताप्लेजुङको पाथीभरा केबलकार निर्माणमा देखिएको समस्या वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन् । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले वार्ता गर्न र त्यहाँ देखिएका समस्या समाधान गर्न कांग्रेस तयार भएको हो । 
 
बैठकपछि जानकारी दिँदै प्रमुख सचेतक श्याम घिमिरेले नो केबलकार अभियानलाई समर्थन गर्न सैद्धान्तिक सहमति नभएको बताए । यद्यपी वार्ता गर्न र त्यहाँ देखिएका समस्या समाधान गर्न भने कांग्रेस तयार भएको उनको भनाई छ । 

 

उनले भने, ‘पाथीभरा केबलकारको विषयमा उहाँहरुको मागअनुसार वार्ता गर्ने हो । वार्ता निष्कर्षमा नपुगेसम्मका लागि अहिले सरकारले निर्माण कार्य स्थगित गरेको छ । तर, नो केबलकार भन्ने कुरामा हाम्रो सैद्धान्तिक सहमति छैन ।’