Ad Image

सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरमा बाघको आक्रमणबाट २ जना घाइते

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740980804.jpg

राजविराज । सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरको खोरिया टोल वस्तीमा सोमबार बिहान बाघ पसेको छ । बाघको आक्रमणबाट स्थानीय दुई जना घाइते समेत भएका छन् ।


अन्दाजी ४३ वर्षका कृष्ण विष्ट र ५५ वर्षका गणेश खत्री घाइते भएका हुन् । उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्सपेक्टर उदय कुमार राईले जानकारी दिए ।


उनका अनुसार आज बिहान सात बजेतिर बस्तीमा बाघ पसेको जानकारी प्रहरीले पाएको थियो । त्यसलगत्तै फत्तेपुरको प्रहरी टोली र कोशीटप्पु वन्यजन्तु आरक्षको टोली वस्तीमा परिचालित भएको थियो ।


उक्त बाघ कोशीटप्पु वन्यजन्तु आरक्षबाट नै बस्तीमा आएको अनुमान छ । उक्त बाघलाई जंगल क्षेत्रमै फर्काउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।