Ad Image

सहकर्मीसँग हाेटलमा याैन प्रस्ताव, अस्वीकार गर्दा हत्या

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740984627.jpg

रुपन्देही । रुपन्देहीमा एक पुरुषले सँगै काम गर्ने महिलालाई यौन प्रस्ताव गर्दा नमानेको झोँकमा हत्या गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १२ का अजय भनिने ४२ वर्षीय अमिरिका थारूले दाङको लमही नगरपालिका वडा नं ७ की संगिता चौधरीलाई प्रेम प्रस्ताव गरेको तर नमानेपछि निर्मम तरिकाले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

 

फागुन ८ गते अमिरिकाले संगिताको हत्या गरी फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले उनीहरू दुवै जना मजदुरी काम सकेर एक होटलमा बसेको र त्यसपछि माया प्रेमका कुरा भएपछि ती महिलाले अस्वीकार गरेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा आंकलन गरिएको बताए । अमिरिका ती महिलाको हत्या भएको नौ दिनपछि पक्राउ परेका छन्।


बुटवल उपमहानगरपालिका वडा नं ११ कालिकापथमा साथीहरूसँग बसेर ज्याला मजदुरी गर्दै आएकी संगीता चौधरीको शव गत फागुन ८ गते रुपन्देहीको सियारीस्थित बेथरी सडकखण्डको किनारमा फेला परेको थियो।


उनको टाउको र अनुहारमा ढुंगा प्रहार गरी नचिनिने गरी हानेको अवस्थामा सडक किनारमा परालको थुप्रोले ढाकेको अवस्थामा शव भेटिएको थियो।


प्रहरीले शव फेला परेपछि तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरेको थियो सोही क्रममा थारूलाई गत १६ गते पक्राउ गरेको प्रहरीले जनाएको छ।


डिएसपी कार्कीका अनुसार संगीता सम्बन्ध बिच्छेद गरेर बसेको र अमिरिका पनि परिवारमा तनाव भएर बसेका व्यक्ति हुन् । ‘घटनाको दिन दुवै जना काम सकेर बुटवलको बीएन बी खाजा घरमा बसेको, साइकलमा त्यहाँबाट हिँडेको खुलेको छ, दुवै मादक पदार्थ सेवन गरेका रहेछन्, महिला पनि सम्बन्ध विच्छेद भएको, पुरुषको पनि परिवारमा समस्या रहेको भेटियो’ कार्कीले भने–‘घटनाको अन्तिम अनुसन्धान गरिरहेका छौँ ।’


प्रहरीका अनुसार मृतक चौधरी र पक्राउ परेका थारू दुवै जना सँगै मजदुरी गर्थे। घटना भएको दिन दुवै जनाले मादक पदार्थ सेवन गरेको र अमिरिकाले संगितालाई यौन प्रस्ताव राखेका थिए। अनुसन्धानमा यौन प्रस्ताव अस्वीकार गर्दा ढुंगाले हानेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।


प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएका दुई थान ढुंगा, मृतकले प्रयोग गर्ने मोबाइल, कालो टोपी, चप्पल लगायत बरामद गरेको थियो। त्यस्तै, पक्राउ परेका अमिरिकाको साथबाट घटनाको समयमा लगाएको कालो जिन्स पाइन्ट र मृतकले प्रयोग गरेको साइकल बरामद गरेको छ।


पक्राउ परेका थारूलाई जिल्ला अदालत रूपन्देहीबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ। केही समययता रुपन्देहीमा रुपन्देहीमा व्यक्ति हत्याका घटना बढिरहेका छन् ।