Ad Image

हेटौंडा उपमहानगरपालिका–४ शितलमहलमा भेटिएको प्रेसर कुकर बम नभएको पुष्टि

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741881702.jfif

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४, हुप्रचौरस्थित शितलमहल चोक नजिक गरुडपथ जाने सडकमा बेवारिसे अवस्थामा भेटिएको प्रेसर कुकर बम नभएको पुष्टि भएको छ । 

नेपाली सेनाको बम डिस्पोजल टोलीले बेलुका सवा ९ बजेतिर डिस्पोज गरेको र डिस्पोज गर्दा उक्त वस्तु बम नरहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।  बिहीबार साँझ  स्थानीय सिर्जना पौडेलको घर अगाडि संकास्पद रुपमा प्रेसर कुकुर फेला परेपछि खतराजन्य वस्तु रहेको आशंकामा स्थानीय त्रसित बनेका थिए । 

आफ्नो घर अगाडि प्रेसर कुकुर देखेपछि सिर्जनाले प्रहरीलाई खबर गरेकी थिइन् ।  उक्त कुकुर कसले राखेको भन्ने यकिन भइसकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।