Ad Image

आज प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित गर्ने तयारी

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742347529.jpg

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक बिहान ११ः०० बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । संघीय संसद सचिवालयका अनुसारका आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् । ​​​​​​​राष्ट्रियसभामा उत्पति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’को सम्बन्धमा राष्ट्रियसभावाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ । 

यस्तै गृह मन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाइ दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । र, उक्त विधेयक माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । साथै, सो विधेयक आजै पारित गर्ने योजना रहेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।