९ महिनापछि अन्तरिक्षबाट पृथ्वीमा फर्किए बुच र सुनिता


काठमाडौं । नासाको भारतीय मूलको अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहकर्मी बुच विल्मोर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन । नासाका अनुसार मंगलबार बिहान १०ः३५ बजे पृथ्वी तर्फ प्रस्थान गरेका विलियम्स र विल्मोर फर्किन लगभग १७ घण्टा लागेको थियो, जो फ्लोरिडाको तटमा अवतरण भएको हो । फ्लोरिडाको तटमा अवतरण गराउने क्रममा उनीहरूका लागि चार वटा प्यारासुट खोलिएको थियो।
उनीहरूलाई रेस्क्यु जहाज मार्फत तटमा अवतरण गराइएको हो। यस क्रममा सहकर्मी अन्तरिक्ष यात्री तथा निक हग र अलेक्जेन्डर गुर्मुनोभले सहयोग गरेका थिए । ८ दिनमा सकिने लक्ष्य राखिएको सो मिसन नौ महिनामा आएर पूर्ण रूपमा सकिएको छ। उनीहरूको घर फर्कने यात्रा १७ घण्टा लामो थियो। तौल नभएको वातावरणमा लामो समय बिताएका उनीहरूलाई एडप्ट गर्न कठिन हुने भएकाले स्ट्रेचरको प्रयोग गरिएको थियो। स्वास्थ्यकर्मीले परीक्षण सकेर उनीहरूलाई परिवारको जिम्मा लगाइएको थियो ।
खासमा दुवै जना ८ दिने मिसनका लागि गत वर्ष जुनमा आईएसएस गएका थिए तर बोइङको स्टार लाइनर अन्तरिक्ष यानमा केही प्राविधिक गडबडीका कारण उनीहरू करिब ९ महिना त्यहाँ बस्नु परेको थियो ।