Ad Image

ट्रम्पले जेलेन्स्कीलाई भने– ‘युक्रेनले पावर प्लान्टको नियन्त्रण अमेरिकालाई दिनुपर्छ’

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742438618.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोडोमिर जोलेन्स्कीसँग फोन वार्ता गरेका छन्। ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग फोन वार्ता भएको एक दिनपछि बुधबार जेलेन्स्कीसँग वार्ता गरेका हुन् । ट्रम्प र जेलेन्स्कीको फोन वार्ता शान्तपूर्ण वातावरणमा भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। 

 

ट्रम्पले सामाजिक सञ्जालमा युक्रेनी र रुसी राष्ट्रपतिलाई एक अर्कामा सहमति गराउन आफू सक्रिय रहेको बताएका छन्। जेलेन्स्कीले ट्रम्पसँगको वार्ता खुला र सकारात्मक भएको दाबी गरेका छन्

 

जेलेन्स्कीले सामाजिक एक्समा ट्रम्प र अमेरिकाको नेतृत्वमा स्थायी शान्ति स्थापना हुने कुरामा आफू एकदमै सकारात्मक भएको बताएका हुन्। सो वार्तामा रुसले नियन्त्रणमा लिएको झाम्पोझरियाको ऊर्जा केन्द्रमा अमेरिकी नियन्त्रणको बारेमा समेत सल्लाह भएको उनको भनाइ छ। उनले रुसी फ्रन्टलाइनमा रहेको सो विशाल केन्द्र सञ्चालन युक्रेनका लागि महत्त्वपूर्ण रहेको बताएका छन् ।

 

रुसको पश्चिममा रहेको कस्कमा युक्रेनी सेना रहेसम्म पुटिनले पूर्ण युद्ध विराम स्वीकार नगर्ने कुरामा आफू प्रस्ट रहेकोसमेत जेलेन्स्कीले बताए । ​​​​​​​जेलेन्स्कीसँगको ट्रम्पको वार्तापछि अमेरिकी विदेश मन्त्री मार्क रुबियाले युक्रेनको हवाई सेनामा सहयोग गर्न आफू सहमत भएको बताएका छन्। यसैगरी दुई देशमा डिफेन्स स्टाफ र युद्ध मैदानको विषयमा जानकारी लेनदेन गर्न गुप्तचर साझेदार गर्ने सहमति पनि भएको रुबियाले बताए।