Ad Image

५ लाख बढी आप्रवासीलाई अमेरिकाबाट निकाल्ने ट्रम्पको निर्णय

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742616844.jpg

वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ५ लाखभन्दा बढी आप्रवासीको अस्थायी कानुनी वैधता रद्द गर्ने भएको छ । संघीय सरकारले जारी गरेको सूचना अनुसार कानुनी आधारबिना अमेरिकामा बसोबास गरिरहेका क्युबा, हैटी, निकारागुआ र भेनेजुएलाबाट आएका​​​​​​​ आप्रवासीहरू २४ अप्रिलमा उनीहरू अवैध हुने हुँदा त्यस अघि नै अमेरिका छाड्नु पर्नेछ । यसअघि बाइडेन प्रशासनले सिएचएनभी कार्यक्रमको रूपमा प्रायोजन गर्दै ५ लाख ५३ हजार आप्रवासीलाई अमेरिका ल्याएको थियो।

 

सन् २०२२ मा बाइडेनले भेनेजुएलाका नागरिकबाट यो कार्यक्रम सुरु गरेका थिए। त्यसपछि अन्य देशमा पनि यो कार्यक्रम सरेको थियो । शुक्रबार बाइडेनको कार्यक्रमले अमेरिकीको अवसर गुमेको भन्दै नयाँ सूचना जारी गरेको हो ।