Ad Image

गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्राविधिक शिक्षा पढ्न भानु नगरपालिकाले दियो छात्रवृत्ति

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1742629662.jpg

तनहुँ । भानु नगरपालिका कार्यालयले प्राविधिक शिक्षा पढ्न चाहने गरिब तथा जेहेन्दार विद्यार्थीलाई  छात्रवृत्ति प्रदान गरेको छ । हरेक वडाबाट दुई जनाका दरले २६ जनालाई छात्रवृत्ति प्रदान गरिएको हो ।


हरेक विद्यार्थीलाई रु. एक लाख ५० हजारका दरले रु. ३९ लाख रकम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए । उनले भने, “प्राविधिक जनशक्ति उत्पादन गरी यसै नगरपालिकामा प्राथमिकताका साथ उनीहरूलाई रोजगारी दिने योजना बनाइएको छ ।”

   
यसैबीच, स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ (कक्षा १–८)तयार गरेर नगरपालिका क्षेत्रका सबै विद्यालयमा निःशुल्क वितरण गरिएको छ । यस्तो पाठ्यपुस्तक निर्माण गर्नेमा भानु नगरपालिका गण्डकी प्रदेशमा पहिलो पालिका हो ।


सरकारले बालविकास केन्द्रदेखि कक्षा ५ सम्मका लागि प्रतिदिन प्रतिव्यक्ति १५ का दरले दिवा खाजाका लागि अनुदान दिँदै आएकामा भानु नगरपालिकाले रु. पाँच थप गरी प्रतिविद्यार्थी रु. २० पुर्‍याई कक्षा ६ सम्म विस्तार गरेको छ ।