Ad Image

गाजामा इजरायली आक्रमणमा कम्तीमा १३० जनाको मृत्यु

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742657216.jpg

गाजा । गाजा पट्टीमा विगत ४८ घण्टामा इजरायली आक्रमणमा कम्तीमा १३० प्यालेस्टिनीको मृत्यु भएको छ भने २६३ जना घाइते भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले शनिबार बताएका छन् । सन् २०२३ को अक्टोबरमा सुरु भएको प्यालेस्टाइन–इजरायली द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या ४९ हजार ७४७ पुगेको छ भने घाइतेको सङ्ख्या एक लाख १३ हजार २१३ पुगेको छ ।

 

विज्ञप्तिमा धेरै पीडितहरू भग्नावशेषमुनि फसेका र नागरिक रक्षा टोलीहरूको पहुँच बाहिर रहेको उल्लेख गरिएको छ । स्वास्थ्य अधिकारीहरूले गाजा पट्टीका बासिन्दाहरूलाई एन्क्लेभमा रहेका अस्पतालहरूमा गएर रक्तदान गर्न आह्वान गरेका छन् ।

 

जनवरी १९ मा सुरु भएको हमाससँगको युद्धविराम रद्द भएपछि इजरायलले मङ्गलबार गाजामा पुनः आक्रमण सुरु गरेको छ । त्यसपछि इजरायली सेनाले दक्षिणी, उत्तरी र मध्य गाजामा जमिन अपरेशन सुरु गरेको थियो ।