Ad Image

राजावादी आन्दोलन आवश्यक छैन, गणतान्त्रिक संविधानको पक्षमा दृढ छौं : कांग्रेस

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1742746650.jpg

काठमाडौं । नेपाली कांग्रेसले जनताका आवश्यकतालाई संविधानमार्फत नै सम्बोधन गर्न सकिने निष्कर्ष निकालेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन बैठकले सार्वभौम नेपाली जनताद्वारा निर्माण भएको संविधानले नै गणतान्त्रिक राज्य बनाएको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिवद्ध व्यक्त गरेको हो । 

 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन् । उनले राजासंस्थाका सम्बन्धमा भइरहेका प्रदर्शन आवश्यक नरहेको र आफूहरूले त्यसलाई उचित नठानेको पनि स्पष्ट पारे । ‘यसको पक्ष विपक्ष भन्दा पनि हामी संविधानप्रति प्रतिवद्ध छौं’, उनले भने ।