Ad Image

संक्रमणकालीन न्यायबारे छलफल गर्न शीर्ष नेताहरूको बैठक बस्दै

User Image मेयरसाप डेस्क | ३ महिना अगाडि
Image of storage/news/1742785785.jpg

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको बैठक बस्न लागेको हो ।

बैठक अपरान्ह ४ बजे बोलाइएको छ। संक्रमणकालीन न्यायका बारेमा छलफल गर्न शीर्ष नेताको बैठक बस्न लागेको बताइएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया लगायतका विषयमा छलफल गर्ने तयारी छ । आजको बैठकमा राजावादीहरुको गतिविधिका विषयमा पनि छलफल हुने बताइएको छ ।