Ad Image

घरेलु तथा साना उद्योगका निगरानीमा बझाङका बजारः दुई दिनमा २ लाख ७५ हजार मूल्य बराबरका म्याद नाघेका बस्तु नष्ट

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1742795699.jpg

बझाङ । चैनपुरमा तीन दिनसम्म बजार अनुगमन गर्दा २ लाख ७५ हजार मूल्य बराबरका अखाद्य बस्तुहरु र पिय पदार्थ बरामद गरी नष्ट गरिएको छ । सदरमुकाम चैनपुरमा एउटै पसलबाट १ लाख ३५ हजार मूल्य बराबरका मिरिन्डा र पेप्सी नष्ट गरिएको हो ।

 

उपभोक्ताहरु र खुद्रा व्यापारीहरुले दिएको सूचनाका आधारमा हाम्रो टे«ड्स लगायतका अन्य पसलहरुको गोदाममा चेकजाँच गर्दा एकै दिन १ लाख ३५ हजार मूल्य बराबरको म्याद नाघेका पिय पदार्थहरु फेला पारेर नष्ट गरेको घरेलु तथा साना उद्योग कार्यालय बझाङका कार्यालय प्रमुख मानबहादुर धामीले जानकारी दिए ।

 

कार्यालयमा धामी आएपछि बजार अनुगमनले निरन्तरता पाएको छ । घरेलु तथा साना उद्योग कार्यालयको सक्रियतामा पछिल्लो समय बजार अनुगमन भइरहेको छ । यस्तै शुक्रबार र शनिबार  सदरमुकाम चैनपुर, सिमखेत, पक्की पुल, बसपार्क र दौलीचौर टोललगायत ठाउँमा रहेका खुद्रा र होलसेल पसलहरुमा अनुगमन गर्दा १ लाख ४० हजार मूल्य बराबरका अखाद्य बस्तुहरु र पिय पदार्थ बरामद गरी नष्ट गरेको धामीले बताए ।

 

सदरमुकाम चैनपुर तथा अन्य साना बजारहरुमा रहेका होलसेल व्यापारीहरुले म्याद सकिन लागेको र म्याद समाप्त भइसकेका सामानहरु र पिय पदार्थ ग्रामिण बस्तिहरुमा बिक्री गर्ने गरेको गुनासो आउन थालेपछि बजार अनुगमनलाई तीब्रता दिएको उनले बताए । धामीले भने, ‘साना तथा खुद्रा व्यापारीहरुले सामान किनेर लिँदा सामानको म्याद नहेरेर लिने गरेको हामीले पाएका छौँ । जसका कारण आम उपभोक्ताहरुले यसको प्रत्यक्ष मार खेप्नु परेको छ ।’

 

यसरी पटक पटक अनुगमन गर्दा आम उपभोक्ताहरु पनि सचेत हुने र व्यापारीहरु समेत सजक हुने भएका कारण घरेलु तथा साना उद्योग कार्यालय बझाङले पटक पटक बजार अनुगमन गर्दै आएको उनले बताए । विभिन्न पसलहरुबाट बरामद गरिएको अखाद्य र म्याद समाप्त भएका सबै सामानलाई जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख तथा प्रतिनिधि र पत्रकारको रोहबरमा नष्ट गरिएको छ ।

 

प्रहरी निरीक्षक लोकेन्द्र सिँह ठगुन्नाले ठूला र होलसेल व्यापारीहरुले सामानको म्याद समाप्त हुने समयमा सामानहरु र पिय पदार्थ खुद्रा व्यापारीहरुलाई भिडाउने गरेको अनुगमनका क्रममा पाइएको छ । म्याद नाघेका समान ग्रामिण बस्तीहरुमा बिक्रीका लागि पठाइएको पाइएकाले कार्बाही व्यापक बनाउनुपर्ने ठगुन्नाको तर्क छ ।