प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन


काठमाडौं । प्रेस चौतारीको अध्यक्षमा अन्ततः गणेश पाण्डे चयन भएका छन् । निवर्तमान अध्यक्ष गणेश बस्नेतले पाण्डेलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको घोषणा गरेका हुन् ।
उनका अनुसार केन्द्रीय कमिटीको उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी तथा महासचिव हिरामान लामा नै दोहोरिएका छन भने उमहासचिवमा हरिबल्लभ नेपाल तथा सचिवहरुमा क्रमशः विष्णु तारुके, प्रदीप आचार्य, विक्रम लुइँटेल र नरेश भण्डारी चयन भएका छन् ।
महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको निवर्तमान अध्यक्ष बस्नेतले जानकारी दिए । उनले केन्द्रीय समितिका अन्य सदस्य पनि सर्वसम्मत भएको भन्दै नामावली घोषणा गरेका छन् ।