Ad Image

कुलमानलाई हटाएको विरोधमा प्रदर्शन, ऊर्जामन्त्रीको पुत्ला दहन

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1742877207.jpg

काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गरिएको विरोधमा विद्यार्थीहरूले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएका छन् । मंगलबार बिहान नेकपा एस निकट विद्यार्थी संगठन अनेरास्ववियूले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाउँदै विरोध प्रदर्शन गरेको हो । उनीहरुले प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसबाट खड्काको पुत्ला जलाउँदै प्रदर्शन गरेका थिए ।