प्रतिनिधिसभा बैठक बस्दै, आज बैंकिङ कसूर सम्बन्धी विधेयक टेबुल हुने


काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक बिहान ११ः०० बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा ‘बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने भएको छ ।
साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले राष्ट्रियसभामा उत्पति भएको ‘नेपाल कानुन व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पति भएको संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन भने संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाइ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिने भएको छ।
